शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल

बुधबार, ०४ भदौ २०७६, ०६ : ००
बुधबार, ०४ भदौ २०७६

वि.सं.२०७६ साल भाद्र ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अगष्ट २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि षष्ठी,५२ घडी ४३ पला ,रातको ०२ बजेर ४२ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अश्विनी,४० घडी ५८ पला,बेलुकी १० बजेर ०० मिनेट उप्रान्त भरुणी । योग गंड,२४ घडी ५५ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त वृद्धि । करण गर,दिउसो ०२ बजेर १४ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ४२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी २४ पला ।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो संघर्ष पछिमात्र उपलब्धि हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानीबढाउन सकिनेछ भने नया काम थालनी  गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेतगर्नु पर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमि महशुष हुनेछ । आफन्त तथा अग्रजहरु सँग मनमुटाब बढ्ने तथा साथिभाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला ।  
 
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानी गर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपार्ईँ अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामोदुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपार्ईँको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानीनहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेहुँदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुनेयोग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी  गरि आम्दानीबढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पति हात लागि हुनेयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।  
 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फइदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप