शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नासुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

मङ्गलबार, ०३ भदौ २०७६, २३ : २७
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिव्येश्वरी जग्गा एकीकरण आयोजना सानोठिमि भक्तपुरमा कार्यरत नासु देउमान कडरियाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको लालपुर्जा बनाइदिने भन्दै कडरियाले एक सेवाग्राहीसँग रु ५० हजार घुस लिएको आरोप लगाउँदै आयोगले नियन्त्रणमा लिएको थियो ।

 जग्गाको लालपुर्जा दिने सिफारिश उपलब्ध गराउने प्रक्रियामा आफ्नो जिम्मेवारी, ओहोदा र पदीय दायित्वको ख्याल नगरी सेवाग्राहीसँग घुस मागेको आरोपमा आयोगले आरोपपत्र दायर गरेको हो । यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–२ देउली–सीर्पा–काफलबोट जोड्ने सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै आयोगले सिम्ता गाउँपालिकका कार्यरत सिभिल सबइञ्जिनीयर शिवशङ्कर पोख्रेल र इञ्जिनीयर नवीन शर्माविरुद्ध आरोपपत्र दायर गरेको छ । 

उनीहरुले सडक निर्माणका क्रममा गलत प्रतिवेदन पेश गरी रु चार लाख ५६ हजार ४३१ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ । सोही सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्दसिंह ठकुरीको समेत मिलेमतो पाइएपछि उनीहरुविरुद्ध पनि रु चार लाख ५६ हजार ४३१ बिगो असुल गर्न माग गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप