शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीमाथि देउवा र ठाकुरको चर्को आक्रोश, कसले के-के भने ?

मङ्गलबार, ०३ भदौ २०७६, २३ : ०१
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको कार्यशैलीप्रति चर्को रुपमा आलोचना गरे ।  

देउवाले ओलीलाई भनेु तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न । तपाईंको गराई र भनाईमा धेरै फरक छ । जनतालाई सुरक्षा दिन्छु भन्नु भयो तर सुरक्षा छैन । विप्लव माओवादीले हाम्रो पार्टी का नेतालाइ गाउँगाउँ बाट लखेट्न थालेका छन् । गोली हान्ने थालेका छन् खोइ सुरक्षा रु भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्नुभएको थियो तर त्यस्तो देखिएन । जताततै भ्रष्टाचार भइरहेको छ । सरकारले नियन्त्रण गर्न सकेको छैन । विधेयकहरू जथाभावी बनाइरहनु भएको छ कसैसँग सल्लाह गर्नुहुन्न । दुई तिहाइको सरकार भन्नुहुन्छ तर त्यस्तो कहि देखिएको छैन । तपाईंको बोली र व्यवहारमा सुधार ल्याउनु परेको देखिन्छ ।’ 

बैठकमा राजपा नेपालका नेता महन्थ ठाकुरले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । उनले भने ुमान्छे मारेर आइ चुनाव जितेका नेता सरकारमा छन् तर एकजना आन्दोलनकारी जो चुनाव जितेका छन्, उ जेलमा छन् एउटै देशमा दुईटा कानुन कसरी हुन्छ रु सविधान संशोधन गर्ने पटकपटक भन्नु भएको थियो तर खोइ अहिलेसम्म भएको छैन । मुद्दा फिर्ता लिने सहमति भएको थियो तर अहिलेसम्म भएको छैन । तपाईंले आफैंले भन्नुभएको कुरामा तपाईं आफै प्रतिबद्ध हुनुहुन्न । अनि तपाईको बोली र व्यवहारमा कसरी विश्वास गर्ने । बिश्वास गर्ने आधार नै छैन आज एउटा भन्नुहुन्छ भोली अर्कै हुन्छ ।’ 

त्यस्तै बैठकमा राजपा अध्यक्षमण्डलको अध्यक्ष राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीज्यु तपाईंको लागि अहिले ठुलो मौका हो तपाइँले आँट देखाउनुपर्यो । तपाईंले अहिले केहि गर्न सक्नुभएन भने कहिले केहि गर्न सक्नुहुन्न । तपाईंको एतिहासिक समय हो तपाइँले क्रम भङगता गर्नुपर्छ । सबैलाइ मिलाएर लग्ने दिन हो तपाइको । अहिले यहाँ पनि चारजना पूर्व प्रधानमन्त्री हुनुहुन्छ पहिलाको जस्तो प्रधानमन्त्री तपाईं होइन, तपाइ विशेष परिस्थितिको प्रधानमन्त्री हुनुहुन्छ यसमाा ध्यान दिनुस र जनताको मन जित्ने प्रयास गर्नुस् । जनतासँग गरेको प्रतिबद्धता पुरा गर्नुस् ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरी एकपटक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै त्यसमा सबैलाई सतर्क रहन आग्रह गरे । प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थामा लोकतान्त्रिक शक्तिहरु समझदारी साथ सहकार्य गर्न आवश्यक भएको धारणा समेत राखेका थिए । ओली चुनावपछि सर्वदलीय बैठक बोलाइएको बताउँदै धेरै पहिले यो बैठक बोलाउनुपर्नेमा अहिले ढिलो भएको बताए । उनले भने ‘यो बीचमा धेरै आरोप प्रत्यारोप भयो म माथि पनि थुप्रै आरोप लाग्यो ।  हामी एक अर्कोको आलोचना गरेर बस्यौ अब त्यस्तो होइन मिलेर काम गर्नुपर्छ । देश बनाउन सबै मिलेर लागौ । जे जस्ता तितामिठा थियो सबै बिर्सौ ।’  

बैठकमा शान्ति प्रक्रियालाई चाँडै टुंग्याउने लगायतका विषयमा छलफल भएको काँग्रेस नेता पूर्णबहादुर खड्काले बताए ।  बैठकमा प्रचण्ड, कृष्ण सिटौला, विजयकुमार गच्छदार लगायतका नेताहरु पनि बोलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप