शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तराई मुक्तिमोर्चाका फरार कार्यकर्ता पक्राउ

मङ्गलबार, ०३ भदौ २०७६, २० : ०४
मङ्गलबार, ०३ भदौ २०७६

रौतहट– हातहतियार खरखजाना मुद्धाका फरार तराई मुक्ति मोर्चाका कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । मोर्चा कार्यकर्ता तथा फरार अभियुक्त गरुडा नगरपालिका २ गेडही गुठीका रामएकवाल सहनीलाई गौर चन्द्रपुर सडकखण्डको मध्यभाग झाँझपुल नजिकैबाट विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सहनीसहित मोर्चाका ५ जना हतियारसहितका समूहले सर्लाही हकठवा इलाका प्रहरी कार्यालयबाट २०६७ मंसिर १७ गते गएको प्रहरी गस्ती टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको भिडन्तमा प्रहरी गस्तीटोलीका कमाण्डर प्रनानि लवजंग चौहान घाइते भएका थिए । सहनी सहितका मोर्चाका कार्यकर्ताले प्रहरीको ५४ एमएमको एकथान पेस्तोल समेत लुटेर लगेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए ।

लामो समयपछि पक्राउ सहनीलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए । त्यसैगरी नेपालबाट भारत तर्फ रक्सी ओसारपसार गर्ने फरार एकजना साहु पक्राउ परेका छन । फरार सूचीमा रहेका रक्सीका कारोवारी रौतहट ईशनाथ नगरपालिका ४ का उपिन्दर साह पक्राउ परेका हुन । गत असार १६ गते उपिन्दर साहले भारतीय नम्बर एनएल ०७ , ७३३६ नम्बरको बोलेरो जिप र पाँचवटा मोटरसाईकलमा रौतहटमा उत्पादित सौंफी रक्सी बोकेर भारततर्फ गइरहेको क्रममा प्रहरीले पक्राउ गरेलगत्तै  उपिन्दर साह फरार भएका थिए ।

बिषेश सुचनाको आधारमा साहलाई हिजो घर्रैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी खत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप