मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगको विज्ञापन समावेशी छ: मन्त्री पण्डित

मङ्गलबार, ०३ भदौ २०७६, १८ : २६
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं–  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु  पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालीन अवस्थामा समावेशी भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन् ।

उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालिन कानुन अनुकूल रहेकाले रद्द गर्नुनपर्ने स्पष्ट पारे । उनले भने, ‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालिन स्थितिमा समावेशी छ । लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुनी व्यवस्था अनुकूल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन ।’

उनले नीतिगत कामका लागि टे«ड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको स्पष्ट पारे । साथै उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरि खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे । उनले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराइएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप