मुस्ताङमा आर्यनसँग रोमान्टिक देखिइन् मिरुना
काठमाडौं– प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’मा अभिनेता आर्यन सिग्देलल युवा तथा बुढ्यौली दुई अवतारमा प्रस्तुत भएका छन् । निर्माण युनिटले भने फिल्मको प्रचारमा उनको बुढ्यौली अवतार मात्रै प्रचार गरेका थियो । मङ्सिर ६ गते प्रदर्शनमा आउने फिल्म ‘च च हुई’ मा उनको लुक के होला दर्शकमा भएको कौतुहलता हो यो । यो कौतुहल्ता अहिले मेटिएको छ ।
निर्माण युनिटले पहिलोपटक मंगलबार फिल्मका केही तस्विर सार्वजनिक गरेको छ । जसले आर्यनको अभिनयको बिषयमा रहेको कौतहलता मेटाएको छ । तस्बिर अनुसार फिल्ममा उनको लुक चक्लेटी रहेको अनुमान गर्न सकिन्छ । सार्वजनिक तस्बिरमा आर्यनसँगै उनको स्टार मिरुना मगर र भोलाराज सापकोटा समेत देखिएका छन् ।
फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन् । तस्वीरहरु ‘सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको हो । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्विरमा आर्यन र मिरुनाको केमेष्ट्री राम्रो देखिएको छ ।
गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ, भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।
साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने
-
बाबुराम पक्षले गरेको निर्णय महिन्द्र पक्षद्वारा अस्वीकार, प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकियो
-
सारा अली खानसँग विक्रान्त मैसीले किन मागे माफी ?
-
सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणि नदीमा बेपत्ता भएकाको शव
-
नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी निर्वाचित
-
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या