मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौ र पोखरामा ‘युरोपियन युनियन फिल्म फेष्टिबल २०१९’ आयोजना हुने

मङ्गलबार, ०३ भदौ २०७६, १८ : १०
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– युरोपियन युनियन डेलिगेशन टु नेपालले काठमाडौं र पोखरामा ‘युरोपिय युनियन फिल्म फेष्टिबल २०१९’ आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले फेष्टिबलका विभिन्न पक्षबारे जानकारी गराएको छ । 

काठमाडैंमा २४ देखि २६ अगष्ट(भदौ ७ देखि ९¬) र पोखरमा ३१ अगष्टदेखि २ सेप्टेम्बर (१४ देखी १६ भदौ)सम्म आयोजना हुने फेष्टिबलमा ८ युरोपियन मुलुककका विभिन्न राज्यका विभिन्न संस्कृतिले भरिएका ९ फिल्म प्रदर्शन हुनेछन् । 

काठमाडौको दरबारमार्गस्थित क्युज चलचित्र भवनमा र पोखरको मिट टाउन ग्यालेलिया न्युरोडमा आयोजना हुने फेष्टिबलमा प्रदर्शन हुने अधिकांश फिल्म युवामा फोकस रहेको आयोजकले जनाएको छ ।
‘नेपालका फिल्मी दर्शकले हाम्रा फिल्म फेस्टिबलका अघिल्ला संस्करण प्रति उत्साह प्रर्दक प्रतिक्रिया दिएका छन् । यो वर्ष पनि उस्तै प्रतिक्रियाको आशा गरेका छों ,’ नेपालका लागि इयूका राजदूत भेरोनिका कोडीले भनिन् । 

युरोपियन संस्कृतिकको आदन प्रदान गर्ने उद्देश्य रहेको फेस्टिबलको समयमा प्रत्येक दिन तीनवटा शो देखाइनेछ । फिल्मका टिकट भने जुन दिनको फिल्म हो त्यही दिन हलबाट लिन सकिने पनि सो अवसरमा जानकारी दिइएको थियो । टिकटको मूल्य निःशुल्क रहने समेत आयोजकले जनाएको छ ।

आयोजकका तर्फबाट राजदूत कोडीले जानकारी दिनुभएअनुसार यो काठमाडौंमा आठौं र पोखरामा भने दोस्रो संस्करण हो । यसअघि पोखरामा देखाइएका फिल्महरु काठमाडौंमा प्रदर्शित फिल्महरुबाट छानिएका केही फिल्महरु मात्र थिए भने यसपटक चाहिँ काठमाडौंमा प्रदर्शन गरिने सबै फिल्महरु पोखरामा पनि देखाइने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप