पार्टीमा माना पाथी जोखेजस्तो सन्तुलन मिल्दैन: उपप्रधानमन्त्री पोखरेल
काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी काठमाडौं क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन् । उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए ।
उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने हो ।’
उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाए । काठमाडौं अन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान