फरार अभियुक्त ९ वर्षपछि पक्राउ
रौतहट– हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।
भूमिगत तराई मुक्ति मोर्चाका हतियारधारी समूहमध्येका सहनीले २०६७ सालमा सर्लाहीमा प्रहरीमाथि गोली हानेर ५४ एमएमको चाइनिज पेस्तोल लुटेर फरार भएका थिए ।
सो घटनामा संलग्न रहेका पाँच जनाको समूहमध्ये दुर्गा भगवती गाउँपालिका–२ स्थितबाट प्रहरीले दुई जनाको साथबाट कटुवा पेस्तोल एक, गोली एक, खोका दुई थान फेला पारी नियन्त्रणमा लिएको थियो ।
हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई भने सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्दामा आवश्यक कारवाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइने प्रहरी निरिक्षक नायकले बताए ।
यसैगरी नेपालबाट अवैध रुपमा भारततर्फ अवैध मदिरा (सौफी) लैजाने क्रममा ईशनाथ नगरपालिका–४ का ४५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन १६ गते इशनाथ नगरपालिका–४ स्थित ठूलो लतमरी चौकमा एनएल–०७–७२३६ भारतीय नं प्लेटको बोलेरो गाडी र नं नखुलेको पाँच वटा मोटरसाइकलमा ‘सौफी’ नामक रक्सी लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । उक्त सोफी रक्सीको कारोबार गर्ने सञ्चालक साह फरार रहेकामा पक्राउ गरी उनलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)