शान्ति कायम गर्न भन्दै भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, ०३ भदौ २०७६, १५ : ४७
काठमाडौँ– पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव र गोलावारीका घटनाको विरोधमा काठमाडौँस्थित लैनचौर र महाराजगञ्जमा दुई देशको दूतावास अगाडि प्रदर्शन भएको छ ।
मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित भारतीय दूतावास र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
दुई देशवीच तनाव बढ्दै गए दक्षिण एशियाकै शान्ति भङ्ग हुने र त्यसले विश्व शान्ति नै खल्वलिने भएकाले संवादमार्फत अघि बढ्न दवाव दिन प्रदर्शन गरेको समाजले जनाएको छ ।
प्रदर्शनकारीले द्वन्द्व रोकेर शान्ति कायम गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
समाजले यस्तो बेला ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली सहयोग संगठन सार्क मौन रहनु दुर्भाग्य भएको समाजले जनाएको छ ।