शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मङ्गलबार, ०३ भदौ २०७६, १४ : ३४
मङ्गलबार, ०३ भदौ २०७६

नवलपरासी– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु  नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । 

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना५ख ४८६ नंको बसले मध्यविन्दु नगरपालिका–७ चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाईते भएका साइकलयात्री आलमको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बसले ठक्कर दिँदा ना४५प २१०७ नंको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–७ का भानुभक्त पँगेनी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप