बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोडल मौसमी अब फिल्ममा

मङ्गलबार, ०३ भदौ २०७६, १३ : ३२
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं – म्युजिक भिडियोका मोडल फिल्म अभिनयमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा मोडल मौसमी कन्दङ्वा लिम्बू पनि फिल्म अभिनयमा भित्रिएकी छन् । उनी फिल्म ‘पूर्णिमा’मा मार्फत ठूलो पर्दामा देखिन लागेकी हुन् ।
हाल स्याङ्जा र लमजुङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन भइरहेको यो गुरुङ संस्कृतिमा आधारित रहनेर बन्न लागेको नेपाली फिल्म हो ।

‘पूर्णिमा’को निर्देशन जनक गुरुङले गरिरहेका छन् । फिल्मको लेखन पनि उनकै हो । नवज्योती भिजन नेपालको दोस्रो प्रस्तुत रहेको फिल्ममा पूर्णिमा गुरुङ र मनोज गुरुङको मुख्य भूमिका रहेको छ ।

विभिन्न गीतको भिडियोहरुमा मोडलिङ गर्दै आएकी मौसमीले फिलम अभिनयबाट नौलो अनुभव संगाल्ने मिल्ने बताइन् । उनले भनिन्, ‘गुरुङ संस्कृति र रहन–सहन बोकेको फिल्म अभिनय गर्दा रमाइलो लाग्यो ।’ 
फिल्ममा पूर्णिमा गुरुङ, मनोज गुरुङ, मौसमी कन्दङ्वा लिम्बू, भौमाया गुरुङ लगायतको अभिनय रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप