नेकपाको २ नम्बर प्रदेश अध्यक्षबाट साहले दिए राजीनामा
मङ्गलबार, ०३ भदौ २०७६, १० : २७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
साहले मङ्गलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै साहले राजीनामा दिएको साहले बताएका छन् ।
साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।
पछिल्लो पटक प्रदेश सदस्यहरुको चयन गर्दा समेत आफुसँग कुनै सल्लाह नगरेको साहको गुनासो छ ।
केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा