पचास पदका लागि ४० करोड खर्च
मङ्गलबार, ०३ भदौ २०७६, १० : ०९
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।
गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ । निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ