बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दूधको मूल्य सिजनअनुसार हुने

मङ्गलबार, ०३ भदौ २०७६, ०७ : २३
मङ्गलबार, ०३ भदौ २०७६

दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको हो । 

नेपालमा असोजदेखि फागुनसम्म उत्पादन बढी हुने (फ्स सिजन) र चैतदेखि भदौसम्म कम उत्पादन९लिन० सिजन चल्ने गर्छ । हालको बजार मूल्यप्रतिलिटर ७० रुपैयाँलाई आधार मानेर फ्लस सिजनका लागि ८।२८ प्रतिशत र लिन सिजनका लागि १४।२९ प्रतिशत मूल्य बढाउन दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यादलले सिफारिस गरेको हो । यो समाचार कारोबार दैनिकमा किरण आचार्यले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप