बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

मङ्गलबार, ०३ भदौ २०७६, ०७ : ०७
मङ्गलबार, ०३ भदौ २०७६

बुघ जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । 

कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ । 

यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्तिकेन्द्र रिझाउन हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तीको असर कर्मचारी चयनमा पर्ने गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा माधव ढुंगानाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप