सहकारीद्धारा पत्रकार भरत कोइराला पुरस्कृत
पोखरा - पोखरा रोयल सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको अवसरमा क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।
संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष डिबी बस्नेतले शनिवार आयोजित एक कार्यक्रममा कोइरालालाई दोसल्ला ओढाइ नगद रु पाँच हजार ५५५ बाट सम्मान गरेका थिए ।
त्यस्तै, सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै रु ११ हजार १११ राशिको राष्ट्रिय सहकारी पुरस्कारबाट जिल्ला सहकारी सङ्घका प्रबन्धक भोजराज घिमिरे पुरस्कृत भए ।
पचहत्तर वर्षभन्दा माथिका ज्येष्ठ आठजना शेयर सदस्यलाई संस्थाले मासिक रु पाँच हजार पेन्सन वितरण गरेको छ । पेन्सन पाउने ज्येष्ठ शेयर सदस्यहरुमा वीलबहादुर गुरुङ, टीकाप्रसाद गुरुङ, डा एलियम्मा जोन, चन्द्रबहादुर गुरुङ, भेषराज ढकाल, जयबहादुर श्रेष्ठ र भगवती ढकाल छन् ।
त्यस्तै, सहकारीले वर्षको उत्कृष्ट कर्मचारीका रुपमा विजया श्रेष्ठलाई रु ११ हजार नगदबाट पुरस्कृत गरेकोे छ ।
रु एक अर्ब २८ करोडको कूल कारोबार गरेको सहकारीले आव २०७३÷७४ मा नेपाल सरकारलाई रु ९३ लाख तीन हजार आयकर बुझाएको छ ।
संस्थाको शेयर पूँजी रु १५ करोड ७४ लाख, जगेडा कोष रु छ करोड ६८ लाख, निक्षेप ९२ करोड ७९ लाख तथा रु ९३ करोड ८९ लाख कर्जा लगानी गरेको छ ।
सहकारीले गत आवमा रु पाँच करोड पाँच लाख सञ्चालन बचत गर्न सफल भएको छ । संस्थाका अध्यक्ष मे तुलसीप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिका अध्यक्ष डिबी बस्नेत, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव भीम गुरुङलगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता