रूसी सेनाले ५० वर्ष पहिले लेखेको पत्र अमेरिकामा सुरक्षित भेटियो
वासिङ्टन- एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० बर्ष पहिले रूसी डुङ्गाचालकले लेखेको पत्र भेटिएको छ ।
रूसी भाषमा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि बोतलसहित पत्र भेटेका अलास्काका टाइलर आइभनोफले पत्रलाई अनुवाद गरिदिन भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पत्र रुसी पानी जहाजमा चालकदलको सदस्य रहेका रुसी समुद्री सैनिकले लेखेका थाहा भएको छ ।
आफूले रक्सीको बोतलमा कागजको टुक्राजस्तो बस्तु देखेपछि बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको आइभनोफले बताए ।
पत्र ५० बर्ष पहिले रूसी भाषामा लेखिएको पत्रमा अज्ञात व्यक्तिलाई सङ्केत गर्दै ‘यात्रा शुखमय रहोेस्’ लेखेर समुद्रमा छाडिएको विश्वास गरिएको छ । अचम्मको कुरा के छ भने उक्त पत्र लेख्ने रूसी नागरिक अहिले ८६ बर्ष पुगेका र जीवितै रहेको पाइएको छ ।
“हार्दिक नमस्कार, रूसी ‘फार इस्ट फ्लिट भीआरएक्सएफ सुलाक’ बाट,” पत्रमा लेखिएको छ । “हामी तपाईको राम्रो स्वास्थ्य र लामो आयुको कामना गर्दर्छौँ । २० जुन १९६९ ।”
पत्र अमेरिकी सामाजिक सञ्जालमा आएपछि यसलाई रुसी पत्रिका नोम नजेटले यससम्बन्धी समाचार छापेको थियो । पत्रसम्बन्धी समाचार रूसमा भाइरल बनेपछि रुसी टेलीभिजन रोसिया १ का खोजी पत्रकारले पूर्व सोभियत सैनिक पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको क्रिमियास्थित घरमा पुगेर पत्रबारे सोध्दा आफुले उक्त पत्र लेखेको पुष्टि गरे ।
अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा क्याप्टेन बोत्सानेन्कोले आँसु झार्नुभएको थियो । उनले रुसी टेलिभिजन रोसिया वानसँग भने, “हो, यो मेरो लेखाइ हो ।” पत्र कुनै अमुक व्यक्तिलाई लेखिएको नभै अपरिचित अर्थात् जसले प्राप्त गर्छ उसका लागि गरिएको सम्बोधन भएको उनले बताए । -एएफपी/photo: telegraph
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै