शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोट वन अतिक्रमण :  २०५ संरचना हटाएर, १ सय रोपनी वनक्षेत्र खाली

सोमबार, ०२ भदौ २०७६, २२ : २३
सोमबार, ०२ भदौ २०७६

भक्तपुर- सुन्दर पर्यटकीय क्षेत्र नगरकोटका मुख्य क्षेत्रमा भएको १ सय रोपनीभन्दा धेरै वन अतिक्रमणलाई खाली गराइएको जानकारी दिइएको छ । आइतबार र सोमबार डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो ।

नगरकोट आसपासका वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा २ सय ५ वटा घर तथा टहरा भत्काइएको डिभिजन वन कार्यालय भक्तपुरले बताएको छ । डिभिजन वन अधिकृत प्रेमप्रसाद खनालकाअनुसार सुन्दर पर्यटकीय क्षेत्र नगरकोटका मुख्य क्षेत्रमा विगत २८ वर्षभन्दा लामो समय देखि वनक्षेत्र अतिक्रमण गरी घर टहराहरु बनाई बसोवास र व्यवसाय चलाउँदै आएका संरचनाहरु हटाइएको छ । 

जिल्ला प्रशासन कार्यालयमा सोमबार बेलुका पत्रकार सम्मेलनमा खनालले भने ‘उतm क्षेत्रमा २०५ संख्यामा रहेका घर टहरा हटाइ अन्दाजी १०० रोपनी भन्दा बढी वन क्षेत्र खाली गरेका हौं ।’ स्थानीय केही व्यक्तिले नगरपालिकाको सूचनालाई अटेर गरी आफ्नो नियमित व्यवसाय सञ्चालन र बसोबास गरिरहेका थिए ।

जेठ १९ गते ३५ वटा, भदौ १ गते ११५ वटा र भदौं २ गते ५५ वटा संरचनाहरु वन अतिक्रमित क्षेत्रमा रहेका घर टहराहरु डोजरको माध्ययमबाट हटाईएको उनले बताए । दिनानुदिन वनक्षेत्र संकुचित हुँदै विनाशको क्रम वढ्ेको र नेपाल भ्रमण वर्ष २०२० समेत उतm वन अतिक्रमण बाट प्रभावित हुन सक्ने अवस्था रहेकाले समेत उक्त कार्य गरिएको कार्यालयको भनाई छ । 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संरचना हटाएर पर्यटकीय क्षेत्रको सौन्र्दयकरण, पूर्वाधार निर्माण, मनोरञ्जन पार्क, बगैँचा आदि समेत निर्माण गरिने बताएका छन् । पर्यापर्यटनको माध्यमबाट वनक्षेत्र संरक्षण र प्रबद्र्वन गर्न अति जरुरी देखिएको समेत नगरप्रमुख मिश्रको भनाई छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिना अन्यत्र कुनै स्थानमा घर जग्गा जमिन नभएका वास्तविक सुकुम्बासीहरुको घर टहरा भत्केको भए ५ दिन भित्र स्थानीय बासिन्दा भएको अन्य प्रमाणहरु समेत संलग्न गरी निवेदन आग्रह गरेका छन् । 

    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप