बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकको सामाजिक आर्थिक व्यवस्था नै विभेदकारी

सोमबार, ०२ भदौ २०७६, १८ : ५८
सोमबार, ०२ भदौ २०७६

काठमाडौं– विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत विकासको लागि युवाको काँधमा जिम्मेवारी आएको बताएका छन् । काठमाडौँमा राष्ट्रिय युवा संसद्को कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापा र नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले विद्यमान समाज र नेपाली अर्थव्यवस्थाले सृजना गरेको विभेदको अन्त्य नगरेसम्म समुन्नत नेपालको कल्पना गर्न नसकिने बताए ।

सांसद थापाले नेपालको विगत आर्थिक सामाजिक रुपमा विभेदकारी नीतिबाट चलेको हुँदा सम्पूर्ण सामाजिक आर्थिक व्यवस्था नै विभेदकारी भएको बताए ।

यो विभेद नहटाएसम्म सामाजिक विकास नहुने भन्दै सांसद थापाले अबका युवाले विभेदविरुद्ध लड्नुपर्ने बताए । अहिले राजनैतिक व्यवस्थाको परिवर्तनभन्दा यसै व्यवस्थाबाट समुन्नत नेपालको बाटो बनाउन सकिने भन्दै युवालाई समाजको अग्रमोर्चामा आएर विभेदविरुद्ध लड्न आग्रह गरे ।

यस्तै युवा संसदलाई सम्बोधन गर्दै नेकपाकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले वर्तमान अर्थ व्यवस्थाले नेपाली युवालाई स्वदेशमा रोकेर राख्न नसक्ने बताइन् । सरकार सञ्चालन गर्ने राजनैतिक पार्टीले दीर्घकालीन सोच नराखी बजेटमा आउने पपुलिष्ट कार्यक्रमले युवालाई प्रभाव नपार्ने बताए । नेतृ झाँक्रीले अव युवाहरु आफै राज्य संयन्त्रमा प्रवेश गर्ने गरि आउनुपर्ने आवश्याकता रहेको बताए ।

ग्लोबल युथ पार्लियामेन्टले हरेक वर्ष भिन्न बिषयमा राष्ट्रिय युवा संसद भनेर छलफल चलाउँदै आएको छ । आजको कार्यक्रममा देश भरका १६५ जना युवायुवतीले वातावरण र पर्यटनको विषयमा छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप