मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आतङ्कवादी विषयमा नेपाली कर्मचारीलाई भारतमा तालिम

सोमबार, ०२ भदौ २०७६, १८ : १२
सोमबार, ०२ भदौ २०७६

काठमाडौँ । भारतको फरीदावादमा ‘सम्पत्ति शुद्विकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण’ विषयमा नेपाली अधिकारीहरुलाई तालिम दिइएको छ ।

नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतको तर्फबाट तालिम दिइरहेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।    

सो प्रशिक्षण ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन भइरहेको छ । 

६ दिनसम्म चल्ने सो प्रशिक्षण प्राप्त गरिसकेपछि नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने भारत पक्षले अपेक्षा गरेको छ । 

नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप