शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आकर्षक पुरस्कार राशिको फुटसल प्रतियोगिता गर्दै डिएभी कलेज

सोमबार, ०२ भदौ २०७६, १६ : ५९
सोमबार, ०२ भदौ २०७६

ललितपुर– जावलाखेलमा अवस्थित डि.ए.भी. कलेजले अन्तर कलेज प्लस टू ६ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेजले अन्तर कलेज प्लस टू ६ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । 

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गतवर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई १ लाख ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिनेछ । 

यहीभाद्र १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने हुँदा यथाशीघ्र नामदर्ता गराइ सहभागी हुन कलेजले जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप