बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुधबारदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक

सोमबार, ०२ भदौ २०७६, १६ : ४१
सोमबार, ०२ भदौ २०७६

काठमाडौं–नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौँमा सुरु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहीबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए । बैठकमा राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुने भएको छ । यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने भएको छ । 

यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए । 

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत पाकिस्तान बीच बढ्दो तनाव र काश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिए । 

यो दुई देश बीचको विषय भएको र यसलाई  बार्ता र सहमतिबाट मात्रै निकाश खोज्न सकिने विश्वास ब्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप