शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लण्डन आइबाट’ र ‘नायग्रा : छाँगा’ काव्य लोकार्पण

आइतबार, २९ साउन २०७४, ०९ : १०
आइतबार, २९ साउन २०७४

काठमाडौँ - शिक्षासेवी एवं कवि ठाकुरप्रसाद छाँगाको छैटौँ स्मृति दिवसका अवसरमा उनीद्वारा लेखिएका ‘लण्डन आइबाट’ र ‘नायग्रा ः छाँगा’ काव्य लोकार्पण गरिएको छ । 

विसं २०६९ मा बेलायत र क्यानाडाको भ्रमण गरी स्वदेश फर्केपछि उहाँले ती दुवै यात्रा काव्य लेख्नुभएको थियो । छाँगा परिवारले ती पुस्तकलाई प्रकाशन गरेको हो । 

तीर्थ स्मृति प्रतिष्ठानले शनिवार यहाँ आयोजना गरेको स्मृतिसभामा संस्कृतिविद् डा जगमान गुरुङले ती पुस्तकको विमोचन गर्दै मुलुकको लोकसंस्कृतिमा लमजुङका स्रष्टाहरुले महत्वपूर्ण योगदान पु¥याएको बताए । 

सो अवसरमा प्रतिष्ठानले संस्कृतिविद् गुरुङलाई सम्मानसमेत गरेको थियो । 

स्व छाँगाकी धर्मपत्नी पार्वती अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, मस्र्यांङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिक, साहित्यकारहरु डा बमबहादुर थापा ‘जिताली’, ईश्वरीप्रसाद न्यौपाने, भाग्यशाली अधिकारी, डा जीवन अधिकारी तथा डा प्रतीक अधिकारीले स्व छाँगाले नेपाली र अंग्रेजी भाषा र साहित्य क्षेत्रमा विशेष दख्खल राखेका बताए । 
 कवि छाँगाको २०६९ साउनमा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप