शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा निकालिएको र्‍यालीमाथि चढ्यो कार

आइतबार, २९ साउन २०७४, ०९ : ०८
आइतबार, २९ साउन २०७४

बीबीसी

अमेरिकामा अति दक्षिणपन्थी नव नाजीवादको समर्थकको र्‍यालीको विरोध गरिरहेका मानिसहरुमाथि कार चढेपछि एकको मृत्यु भएको छ भने १९ घाइते भएका छन् ।

योभन्दा पहिले मार्च निकालिरहेका गोरा नस्लवादी र उनका विरोधीका बिच सडकमा हिंस्रक झडप पनि भएको छ ।

भर्जिनिया प्रान्तको शेरलाट्सविले शहरका मेयरले आफू एकको मृत्युमा दुःखी भएको बताए । उक्त र्याली शेरलाट्सविलेका लागि निस्किएको थियो ।

शहरका पुलिस प्रमुखका अनुसार भीडमाथि चढाइएको गाडीलाई घटनास्थलभन्दा केही पर नै नियन्त्रणमा लिइएको छ । ड्राइभर अहिले पुलिसको हिरासतमा छन् ।

राष्ट्रपति ट्रम्पले हिंसाको आलोचना गरेका छन् । स्थानीय अधिकारीले क्षेत्रमा आपतकालीन स्थिती घोषणा गरेको छ ।

यस्तै, हिंस्रक झडपमा १५ अन्य व्यक्ति घाइते भएका छन् ।

यूनाइट द राइट नामबाट निकालिएको उक्त मार्च अमेरिकी गृह युद्धको क्रममा गुलामी प्रथाको समर्थनमा संघर्षरत जनरलको मूर्ती हटाइएका विरुद्ध निकालिएको थियो ।

सोसल मिडियामा पोष्ट गरिएको भिडियोमा एक कार मानिसहरुमाथि चढिरहेको देखिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार कार पछाडि हट्यो र पुनः मानिसहरुमाथि चढ्यो । यसमा एक महिलालाई नराम्रोसँग चोट लागेको छ ।

उक्त घटना पहिले पुलिसले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा राख्नका लागि अश्रु ग्याँसको प्रयोग गर्यो ।

र्यालीलाई अवैध घोषित गरेर पुलिसले थुप्र्रैलाई पक्राउ पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप