१० चर्चित नायिका : कसलाई कस्तो ड्रेसअप बढी सुहाउँछ ?

person access_timeसाउन २९, २०७४ chat_bubble_outline0

नेपालका नायिकाहरुलाई कसलाई कस्तो ड्रेसअप सुहाउँछ भन्ने सन्दर्भमा चर्चित फेसन डिजाइनर रोजिना श्ररुेष्ठसँग जानकारी लिएका छौं । श्रेष्ठले नेपालका केही नायिकालाई सुहाउने ड्रेसबारे यसरी बताइन् ।

करिश्मा मानन्धर 
वेस्टर्न अथवा ट्रेडिसनल दुवै पहिरन सुहाउँछ । लामो गाउ, छोटो ड्रेस, सारी, लेहेंगा अथवा कुनै पनि ड्रेस सुहाउँछ ।

रेखा थापा
क्याजुअल ड्रेसमा अथवा पार्टीवेयरमा वेस्टर्न नै बढी सुहाउँछ । त्यसमा पनि लामो ड्रेस र फिटिङमा बडी सेपको धेरै सुहाउँछ ।

नम्रता श्रेष्ठ
लामो गाउनमा सुन्दरता झल्कन्छ । फिटिङ र वेस्टर्न दुवै सुहाउँछ ।

झरना थापा 
ट्रेडिसनल ड्रसअपमा खुबै राम्रो देखिन्छ । लेहेंगा चोली र सारीले पनि झरनालाई ब्युटिफुल देखिन्छ ।

बर्षा राउत
ट्रेडिसनल ड्रसअपमा बढी सुहाउँछ । वेस्टर्नमा भने फिटिङभन्दा खुलामा लङ गाउनले बढी सुहाउँछ ।

प्रियंका कार्की
प्रियंकाको हट लुक्स भएकाले उनलाई शतप्रतिशत वेस्टर्न बढी सुहाउँछ । फिटिङ र खुला दुवै खालको ड्रसअप सुहाउँछ । 

साम्राज्ञीरमज्यलक्ष्मी शाह
वेस्टर्न गाउनमा बढी सुहाउँछ । उनलाई छोटो पहिरन पनि राम्रैसँग सुहाउँछ ।

केकी अधिकारी
बडी फिटिङमा लङ ड्रसअप बढी सुहाउँछ । ट्रेडिसनल ड्रसअपमा भन्दा वेस्टर्नमा बढी राम्रो देखिन्छ । 

स्वेता खड्का 
वेस्टर्न लङ गाउन गाउन र त्यसमा पनि बडी फिटिङ नभई हल्का खुला बार्बी डल टाइपको ड्रेसअप सुहाउँछ । विशेषगरी ट्रेडिसनलमा लेहेंगा राम्रो सुहाउँछ ।

बर्षा सिवाकोटी
ट्रेडिसनल ड्रेसअपमा निकै सुहाउँछ । त्यसमा पनि लेहेंगा चोलीमा बढी सुहाएको हुन्छ । गाउनमा पनि ट्रेडिसन गाउनले बढी सुन्दर देखाउँछ ।

(आजको नयाँ पत्रिकाबाट)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ