एट्लेटिकोको कठिन जित
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० गोलले हरायो । एट्लेटिकोको कठिन जितमा अल्भारो मोराटा नायक बने ।
मोराटाले खेलको २३औं मिनेटमा गरको गोल नै एट्लेटिकोको जितमा प्रयाप्त बनेको थियो । मोराटाले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए । काइरन यसैसिजन टोट्टनहामबाट एट्लेटिको आएका हुन् ।
प्रतिस्पर्धातमक खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा सकेटिएका थिए । गेटाफेका जोर्गे मोलिनाले ३८औं मिनेटमा रातो कार्ड पाएका थिए । लगत्यै एट्लेटिकोका रेनान लोडी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि एट्लेटिकोले ५५औं मिनेटमा पाएको पेनाल्टी गुमाएको थियो । मोराटाको पेनाल्टी प्रहारलाई गेटाफेका गोलरक्षकले बचाएका थिए । जितसँगै एट्लेटिकोले तीन अंक बनाएको छ । आइतबरा रातिकै अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २–१, सेभिल्लाले स्पान्योललाई २–० र डिर्पोभिटो अलाभेसले लिभान्तेलाई १–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा