चीनमा निमेशले जिते तेस्रो स्वर्ण
काठमाडौं-चीनको छेन्दुमा जारी विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन् । प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए ।
निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् । उनले चीन र भारतका खेलाडीलाई पछि पारेका थिए । दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।
भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर काँस्य पदक हात पारे । सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश नेपाली पासपोर्ट बोक्छन् । त्यसैले पदक तालिकामा उनको परिचय नेपाली उल्लेख गरिएको छ । उनले यसअघि आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री र हाफ म्याराथनमा स्वर्ण जितेका थिए ।
संखुवासभामा जन्मिएका निमेश सिंगापुरमा नाम चलेका धावकमा पर्छन् । पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको गर्छ । सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी