मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकः कसले के पाए जिम्मेवारी हेर्नुस् (नामावलीसहित)

आइतबार, ०१ भदौ २०७६, २१ : ३२
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बाँकी रहेका विभिन्न कमिटीको इन्चार्ज र सह–इन्चार्ज, अध्यक्ष, सचिवको जिम्मेवारी टुंग्याएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २२ जनवर्गीय संगठनका इन्चार्ज, सह–इन्चार्ज साथै विशेष कमिटीको जिम्मेवारी पनि तोकेको छ ।  

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले नै केन्द्रीय सम्पर्क समन्वय कमिटी गठन गरेको छ । कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा डिलाराम आचार्य, अध्यक्षमा विजय गुरुङ, सचिवमा झक्कु सुवेदी रहेका छन् ।  

नेकपाले जनवर्गीय संगठन युवा, महिला र मजदुरलगायत पनि टुंगो लगाएको छ । ट्रेड युनियन महासंघको इन्चार्जमा जयपुरी घर्ती र सहइन्चार्जमा विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासंघको इन्चार्जमा वामदेव गौतम र सहइन्चार्जमा सुनिल मानन्धरलाई जिम्मेवारी दिइएको छ । यसअघि अध्यक्षमा वामदेव गौतमलाई राखिएको थियो । त्यसमा हरि पराजुलीलाई राखिएको छ । 

प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले अखिल नेपाल महिला संघको इन्चार्जमा गोमा देवकोटा र सह इन्चार्जमा कमला रोक्का, राष्ट्रिय संघ युवा नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य, सह इन्चार्जमा विनोद ढकाल, नेपाल बुद्धिजीवी संगठनको इन्चार्जमा अग्नीप्रसाद सापकोटा र सहइन्चार्जमा टंक कार्की, पेशागत महासंघ नेपालको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्नाथ प्याकुरेल रहेका छन् ।  

त्यस्तै, उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणी पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्षमा राजन भट्टराई, सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिइएको छ । 

युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुगेंल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल, मजुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विणा श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिङखडा र सचिव नवराज लुइटेल रहेका छन् । 

पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशव प्रसाद नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्ण राज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा इन्चार्ज पार्वती गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ, सचिव चन्द्र रिजाललाई पार्टीले जिम्मेवारी दिएको छ । 

त्यस्तै सात प्रदेश सम्पर्क कमिटीको पनि जिम्मेवारी बाँडफाँड गरेको छ । त्यसमा प्रदेश १ मा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्रकुमारी भण्डारी, सचिव ध्रुवकुमार आङदम्बे, प्रदेश २ मा इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत साह, अध्यक्ष सुनिता यादव र सचिव विल्टु यादव,लाई जिम्मेवारी दिइएको छ । 

यस्तै प्रदेश ३ मा इन्चार्ज गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्षमा कमला दोङ र सचिवमा श्याम बस्नेत, गण्डकीमा इन्चार्ज दिल्लु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्ष तारा कुमाल र सचिव विष्णु सिग्देललाई पार्टीले जिम्मेवारी दिएको छ । 

प्रदेश ५ मा इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्जमा गौरा प्रसाद कोइराला, अध्यक्षमा थानेशवर बस्याल र सचिवमा सुनिता रोकया, कर्णाली प्रदेशमा इन्चार्ज जगबहादुर मल्ल, सह इन्चार्जमा गोविन्द विक्रम साह, अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा चित्रबहादुर धर्तीमगर, सदुरपश्चिम प्रदेशमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठगुला र सचिवमा हेमन्त जोशलाई जिम्मेवारी दिएको छ । 

शुक्रबार बसेको सचिवालय बैठकले ३३ विभागका प्रमुख र उपप्रमुख टुंग्याएको थियो । सोही बैठकले उपाध्यक्षमा नेता वामदेव गौतमलाई ल्याउने प्रस्ताव समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप