शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महिलालाई जब महिलाहरुले नै बोक्सी भन्दै मलमुत्र खुवाए

आइतबार, ०१ भदौ २०७६, २० : ५६
आइतबार, ०१ भदौ २०७६

जनकपुर । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलालाई जबर्जस्ती मलमूत्र खुवाएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका– ४ बस्ने ३८ वर्षीया महिलालाई स्थानीय ४ जना महिलाले बोक्सी भन्दै कुटपीट गरी मलमूत्र खुवाएका हुन् ।

शनिवार अबेर साँझ खेतबाट घाँस लिएर घर फर्किँदै गर्दा एक महिला एक महिला समूहको सिकार भएकी छिन् ।

बोक्सी भन्दै एक महिलालाई घर जाँदै गर्दा बाटोमै घेरेर तथानाम गालीगलौज गर्दै बोक्सीको आरोप लगाउँदै कुटपिटसहित जवर्जस्ती मलमुत्र खुवाएको पाइएको छ । 

पीडित महिलाले भंगहा–४ बस्ने ४ जना महिला ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया ईन्दुकुमारी सिंह, ४५ वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीलगायतले मामलमूत्र खुवाएको आरोप लगाएकी छन् । 

मलमूत्र खुवाउने मध्ये ३० वर्षीया ईन्दु देवी सिंह र ५० वर्षीया सुकेश्वरी देवीलाई साँझ नै प्रहरीले पक्राउ गरिसकेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जनाए । उनले आरोपित दुवै जनामाथि कारवाही प्रक्रिया अघि बढाइएको र फरारहरुको खोजी कार्य भईरहेको जनाए ।

शनिवार घटना लगतै प्रहरी टोली घटनास्थल पुगेर पीडित महिलाको उद्धार गरेको थियो । महिलाको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।

यसअघि पनि मलमूत्र खुवाउने महिलाहरुले बोक्सी भन्दै गालीगलौज गर्दै आएको पीडित परिवारको आरोप छ ।

मलमूत्र खुवाउने महिलाहरुलाई कारवाहीका लागि पीडित परिवारले आईतवार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी समेत दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप