केन्द्रीय संस्करण

‘महिलामाथि हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्छ’

personaccess_timeAug 18, 2019 chat_bubble_outline1
file photo

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथि समाजमा हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्ने बताएकी छन् । 

नयाँ बसपार्क क्षेत्रमा पाँच वर्षदेखि महिला हक अधिकारको क्षेत्रमा काम गर्दै आएको ‘महिला उपकार समाज सुधार मञ्च’को पाँचौँ साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा उनले बसपार्क क्षेत्रमा महिला तथा बालबालिकामाथि हिंसा बढी हुने भएकाले यसलाई रोक्नका लागि सबै लाग्नुपर्ने बताइन् । 

‘मुलुकको ७७ वटै जिल्लाका नागरिक जमघट हुने क्षेत्र बसपार्क हो, यस क्षेत्रमा विभिन्न बहानामा महिला तथा बालबालिकामाथि हिंसा भइरहेको छ, यसलाई रोक्न महिला नै जागरुक हुनुपर्छ’, मन्त्री थापाले भनिन् । 

उनले गरीबी, बेरोजगारी र अशिक्षाका कारण महिला यौन व्यवसायमा लाग्न बाध्य हुनु परेको र यसलाई रोक्न सरकारले विशेष कार्यक्रम अगाडि सारेको बताइन् । 

सरकारले महिला हिंसाविरुद्धको अभियानका रुपमा यो वर्षलाई मनाउन लागेको उनले जानकारी दिइन् । 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन महानगरपालिका लागिपरेको बताए । 

उनले महिलाको क्षमता विकास र उनीहरुको समस्या समाधानका लागि वडामा आएर छलफल र सल्लाह गर्न सबैलाई आग्रह गरे । 

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नागरिकको सोचाइमा परिवर्तन नभएसम्म महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न नसकिने बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सबैले सकारात्मक सोच राखे मात्र बसपार्क क्षेत्रभित्र हुने विकृति–विसङ्गतिको अन्त्य हुने बताए ।

जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, काठमाडौँ होटेल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बू, नेपाल होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईं लगायतले बसपार्कभित्र देखिएका विकृति अन्त्य गर्न व्यवसायी नै लाग्नुपर्नेमा जोड दिए । 

विसं २०७२ भदौ २७ गते स्थापना भएको मञ्चले बसपार्कभित्रका विकृति  अन्त्य गर्नाका साथै महिला हकहितका लागि काम गर्दै आएको अध्यक्ष लक्ष्मी भण्डारी ओलीले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Aug. 19, 2019, 11:32 a.m. Mansingh bista
    Mahila bahek aruko hinsama koi nalage pani hune? Nirbalko hinsa Balbslikako hinsa Purusko hinsa Kamdarko hinsa Psupanchhi ko hinsa............... .....,,..........aadi
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...