बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीकरणको महाअभियानमा लागिरहन्छु : कुलमान घिसिङ

आइतबार, ०१ भदौ २०७६, १९ : ५३
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनिकरण गर्दै विद्युतीकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतीहरुको सामना गर्दै जाने विश्वास पनि व्यक्त गरे ।

उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहे पनि सबैको सहयोग र सहकार्यमा सम्भव गराउन सकिने विश्वास व्यक्त गरे ।

सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे । गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालू आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप