सरकारले कानुनको तोडमोड गर्यो : आहुति
-माया श्रेष्ठ
काठमाडौं– प्रस्तावित वैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक एवम् विश्लेषक तथा लेखकले विश्वभक्त दुलाल आहुतिले सरकारको नेतृत्व गर्ने हरुले समावेशी समानुपातिक सिद्घान्तलाई तोडमोड गर्ने गरेको आरोप लगाएका छन् ।
नेपाल वैकल्पिक अध्ययन समाजले आायोजना गरेको एक कार्यक्रममा बोल्दै दुलालले सो कुरा बताएका हुन् । उनले लोकसेवा आयोगले खुलाउने गरेको विज्ञापनमा समानुपातिक तथा समावेसी तवरबाट परीक्षा नलिएर दलित, जनजाती, मधेशी र महिलाहरुमाथि राज्यबाटै पितृसत्तात्मक सोच हावी हुने गरेको आरोप लगाए ।
उनले भने, ‘सरकारले कानुनमा उल्लेख भएका कुरालाई बेवास्ता ग¥यो’ उनले भने, ‘अझै पनि त्यो विज्ञापनका विषयमा जनता सडकमा आन्दोलन गर्न बाध्य छन् ।’ बौद्धिक व्यक्तिहरुले मिडिया मार्फत दलित, जनजाती, मधेशी र महिलाहरुको लागी कानुनमा छुटाइएको कोटाका विषयमा नकारात्मक प्रचारबाजी गरेको आरोप समेत उनले लगाउँदै उनले लोकसेवा आयोगलाई दोष दिएर सरकार तर्किएको समेत बताए ।
उनले भने, ‘सरकारलाई कर्मचारी चाहिएको खण्डमा लोकसेवा आयोगलाई निर्देशन दिइसकेपछि कर्मचारी माग गर्ने हो, आयोगले कानुनभन्दा माथि गएर काम गरे सरकारले महाअभियोग लगाउन पनि सक्छ, तर सरकारमा बसेका शासकमा समानूपातिक समावेशी भन्ने कुरा स्वीकार गर्न सक्ने क्षमता छैन् ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा