शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
आइतबार, ०१ भदौ २०७६, १८ : ४८
काठमाडौँ– सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै प्रधानन्याधीश जबराको एकल इजलासले सो आदेश दिएको हो ।
अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ । केही दिनअघि बहुविवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी साउन २९ मा उनी सर्वोच्च पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी