शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीको पुर्चौडी नगरपालिकाको बजेट ४५ करोड ४३ लाख

आइतबार, २९ साउन २०७४, ०८ : ३०
आइतबार, २९ साउन २०७४

बैतडी - बैतडीको पुर्चौडी नगरपालिकाले रु ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गरेका हुन् ।  

चालूतर्फ रु पाँच करोड छ लाख ३६ हजार ५०० र पूँजीगततर्फ रु २२ करोड ८९ लाख ९० हजार ७९६ र विषयगततर्फ रु २२ करोड ८९ लाख ९० हजार विनियोजन गरेको छ । 

यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । यस अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ । 

नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप