शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिदानद्वारा रियलसँग नयाँ करार

आइतबार, २९ साउन २०७४, ०८ : २७
आइतबार, २९ साउन २०७४

म्याड्रिड । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबसँग नयाँ तीन वर्षे करार गरेका छन् ।

१८ महिना रियलको नेतृत्व सम्हालेका क्लबकै पूर्व मिडफिल्डरले दुईवटा च्याम्पियन्स लिग र एक लिग उपाधि हात पारिसकेका छन् ।

स्पेनिस सुपर कपको पूर्व सन्ध्या बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिदानले भने, ‘रियलसँग मेरो कथा करार र हस्ताक्षरभन्दा गहिरो छ ।’

उनले भने, ‘म यो क्लबसँग आबद्ध भएकोमा खुसी छु । मेरोलाई करारले केही मान्यता राख्दैन ।’

सन् २०१६ को जनवारीमा क्लबको नेतृत्व सम्हाल्न अघि ४५ वर्षीय पूर्व फ्रेन्च खेलाडीले रियलको बी टिमको प्रशिक्षक रहेका थिए ।

रियलले आइतबार पहिलो लेगमा क्याम नाउमा बार्सिलोनाको सामना गर्नेछ भने दोस्रो लेग स्यान्टियोगो बर्नेबाउमा बुधबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप