शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसपी–डिएसपी चिनेको छु भन्दै रकम बार्गेनिङ गरेपछि...

आइतबार, ०१ भदौ २०७६, १८ : ०५
आइतबार, ०१ भदौ २०७६

पोखरा– पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो । 

गएको साउन १ गते पोखरा महानगरपालिका १८ बस्ने विनोदबहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भट्टराईले प्रतिवादीको परिवारसँग सम्पर्क गरी मैले एसपी, डिएसपी चिनेको छु मुद्दा मिलाउने भए ३ लाख ५० हजार देउ नत्र ३ वर्ष जेलमा बस्नुपर्ला भनि पटक–पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए । 

‘मैले एसपी, डिएसपी चिनेको छु, मुद्दा मिलाउनका लागि ३ लाख ५० हजार लाग्छ भन्दै फोन सम्पर्क गरेर रकम माग्नुभएछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पटक–पटक रकमको बार्गेनिङ गर्ने, नत्र ३ वर्ष जेल बस्नुपर्छ भनि बारम्बार फोन गरि सकेपछि पीडितका आफन्त हामीकहाँ आउनुभयो ।’

पीडितका आफन्त प्रहरीकहाँ आइसकेपछि प्रमाण लिएर आउन पठाएको उनले सुनाए । ‘हामीले प्रमाण लिएर आउन भन्यौ, उहाँहरुले कल रेकर्ड लिएर आईसकेपछि हामीले पक्राउ गर्यौ,’ उनले भने । पक्राउ परेका भट्टराईलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप