शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

आइतबार, २९ साउन २०७४, ०८ : १९
आइतबार, २९ साउन २०७४

विपद् व्यवस्थापनमा सबै जुटौँ :

अविरल बर्षाका कारण बाढीपहिरो गएर र डुबान भएर मुलुकका विभिन्न क्षेत्रमा जनधनको क्षति भईरहेको छ । 

बिहबिारदेखि जारी बर्षाले विपद् निम्त्याउँदै तराईका झापा, मोरङ, सुनसरी, सिराहा, सर्लाही, रौतहट बारा, बाँके, बर्दिया, दाङलगायतका जिल्लामा हजारहौँ घर डुबेका, बगेका छन् । 

तराईमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने केही ब्यक्ति बेपत्ता छन् । 

पाँचथर, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्लामा पहिरोले भौतिकसंगै मानवीय क्षत्रि पनि गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले बर्ष अभै केहि दिन जारी रहने अनुमान गरकोल थप विपद्को जोखिम पनि कामयै छ ।

यस्तो अवस्थामा विपद्मा परेकाहरुको लागि खोज तथा उद्धार र राहत वितरण कार्यमा सक्रिय रहँदै सम्भावित जोखिमबाट जोगिन जोगाउन सबै जुट्नुपर्ने भएको छ ।, यो विषयमा आजको कान्तिपुरमा सम्पादकीय छ । 


सहमति र एकता जरुरी :

अन्ततः नेपाली राजनीतिमा पछिल्लो समय देखिएको आशंका र उतारचढाव चिरिन पुग्यो । 

वर्तमान संविधान जारी भएसंगै असहमति दर्शाउँदै आएको राष्टिय जनता पार्टि राजपा लगायतका तराई मधेशकेन्द्रित दल एवं यसका नेता संशोधन प्रक्रियालाई वार पारमा पुर्याउन हमत भए । 

संविधान संशोधन प्रक्रियाले परिणाम जे भए पनि स्वीकार्ने अवस्थामा राजपा लगायतका दल पुगेपछि राजनीतिक जटिल्ताको गाँठो अव फुक्ने विश्वास  गर्न सकिन्छ । 
तसर्थ दलहरुबचि सहमति सहकार्य र एकता जन्मन सकोस् आजको आवश्यकता यही हो ।, यो विषयमा आजको गोरखापत्रमा सम्पादकीय छ । 


उद्धार र राहतमा ध्यान देउ :

अविरल बर्षाका कारण तराइ मधेसमा बाढ र पहाडमा पहिरोका कारण कम्तीमा २९ को मृत्यु हुनुका साधै कैयौं बेपत्ता भएको र हजारौँ विस्थापित भएको अहिलेको अवस्थामा उद्धार र रहाकार्य युद्धस्गथरमाा अघि बढाउन आवश्यक छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर तदारुकताका साथ उद्धारकार्य अघि बढाउन निर्देशन दिए पनि प्रभावित क्षेत्रमा डुवानमा परेको यस अवस्थामा सुरक्षा निकाय प्रमुखसहित गृह तथा रक्षामन्त्री आफैं स्थलगत निरीक्षणमा जनुपर्ने हो तर राजनीतक नेतृत्वबाट होस् वा सुरक्षा निकाय प्रमुखहरुके तहमा नै किन नहोस् त्यो किसिमको तदारुकता नदेखाउँदा उद्धार तथा रहात कार्य प्रभावकारी हुन नसकेको हो । 

नेतृत्व तहले काठमाडौंमा बसेर निर्देशन दिने र आफै प्रभावित क्षेत्रमा खटिँदा हुने उद्धार तथा राहत कार्यक्रममा ठुलो अन्तर आउँछ । सरकार बाढीपिडितको उद्धार राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ । 

विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि रानीतिक दलहरुदेखि नागरिक समाजसम्म सबै एकजुट भएर लाग्न आवश्यक छ ।, यो विषयमा आजको नागरिकमा सम्पादकीय छ । 

उद्धारमै केन्द्रित होऔं :

विरल वर्षाका कारण देशभरि बाढी र पहिरोले शनिबार कम्तीमा साढे दुई दर्जन मानिसले ज्यान गुमाएका छन् भने डेढ दर्जनभन्दा बढी मानिस बेपत्ता भएको आशंका छ ।

मोरङ, झापा, सुनसरी, पाँचथर, सर्लाही, बाँके, दाङ, सिन्धुली, पाल्पा आदि पूर्व र पश्चिम सबैतिरको जनजीवन संकटग्रस्त भएको छ । धनजनको ठूलो क्षति भएको छ । सयौं मानिस बेघर भई विस्थापित भएका छन् ।

पहिरोका कारण बाटो, पुल भत्किएर यातायात अवरुद्ध हुँदा यात्रुहरू बाटैमा अलपत्र परेका छन् ।

सरकारले उद्धारको लागि सुरक्षाकर्मी परिचालन गरे पनि चुस्त र प्रभावकारी उद्धार हुन सकेको छैन । मानिसहरू राहत र उद्धारको पर्खाइमा छन् । सरकारले सबै संयन्त्र परिचालन गर्दै तत्काल उद्धारमा केन्द्रित हुन जरुरी छ ।

अहिलेको हकमा बाढी र डुबानको चपेटामा परेका देशवासीलाई उद्धार गर्ने मुद्दालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । विपद् व्यवस्थापनको नाममा अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार गर्ने गैरसरकारी क्षेत्रले पनि अहिलेको विपद्सँग जुध्न उद्धार, राहत र पुनस्र्थापनालाई केन्द्रमा राख्नु जरुरी छ ।, यो विषयमा आजको अन्नपुर्ण पोष्टमा सम्पादकीय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप