शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोफसल यात्रामा ‘जाइरा’ युनिट

आइतबार, ०१ भदौ २०७६, १४ : ४५
आइतबार, ०१ भदौ २०७६

काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ युनिट यतिबेला मोफसल यात्रामा रहेको छ । फिल्मको प्रचारका साथै दर्शकको प्रतिक्रिय बुझ्न निर्माण युनिट कलाकारसहित केही दिन पहिले मोफसल टुरमा निस्किएको हो ।

फिल्म प्रचारको क्रममा निर्माण युनिट शुक्रबार पोखरा पुगेको थियो । पोखरमा दिनभर विभिन्न कार्यक्रम गरेर फिल्मको प्रचार गरेको यो युनिटले शनिबार चितवन पुगेको थियो ।  चितवन पछि यो युनिट आज बुटलवल पुगेको छ । बुटवलमा विभिन्न कार्यक्रमसहित फिल्मको प्रचार गर्नुका साथै दर्शकसँग कलाकारको साक्षतकार गराउने कार्यक्रम रहेको कार्यकारी निर्माता प्रसन्न गोपालीले बताए ।

मोफसल टुरमा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगर लगायत रहेका छन् ।  कार्यक्रममा अभिनेत्री नम्रताले फिल्म राम्रो बनेको दाबी गरिन् । उनले पहिलो पटक आफु एक्शन अवतारमा उत्रिएको बताउँदै दर्शकले आफ्नो एक्सन रुचाउने दाबी गरिन् । 

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको फिल्ममा  जाइरा’ मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप