बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा जंगली हातीले एकघर भत्कायो

आइतबार, ०१ भदौ २०७६, १४ : २९
आइतबार, ०१ भदौ २०७६

रौतहट– रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले घर भत्काएको हो । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो ।

२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ   । हात्तीले दुइलाख बराबरको धनमाल नष्ट पारेको पीडित वाईवाले जानकारी दिए ।

एकघण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि गाँउलेले राँको बालेर होहल्ला गरेपछी हाती त्यहाँ बाट भगेका थियो । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि वाईवा परिवारका सबै सदस्य घर पछाडीबाट भागेर बाच्न सफल भएको गाँउलेहरुको भनाइ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप