शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरत र टासीले जिते ‘काल्र्सबर्ग गल्फ सिरिज् २०१९’

आइतबार, ०१ भदौ २०७६, १४ : २०
आइतबार, ०१ भदौ २०७६

काठमाडौं–काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को दोस्रो लेग अर्थात देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिज समाप्त भएको छ । 

यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा भरत बस्ताकोटीले ३८ अंक प्राप्त गरी नेट विजेता भएका छन् । टासी छिरिङ डोङले  ३६ अंक प्राप्त गरी दोस्रो सिरिसको ग्रस च्याम्पीयन बन्न सफल भएका छन् ।  

राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता र  एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप–विजेता बने ३७ अंक काउन्ट ब्याग साथ आश्रिया बानु महिला तर्फका विजेता बन्न सफल भएकी छिन् । त्यसैगरी, ३७ अंकका साथ कश्मीरा शाह उप विजेता बनिन् ।

यसैगरी, ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावल उप विजेता बन्न सफल भए ।

प्रतियोगिताको ३ वटा सिरिज मध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो । 

४ बर्डिजका साथ तेन्जीङ छिरिङले मष्ट बर्डिजको उपाधि जिते ।  दाबा जे शेर्पा र आर एम श्रेष्ठले भने क्रमशः लङगेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।  

सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ डोङ १ सय ५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।  

ग्रस सेक्सनमा १ सय ५० अंकका साथ टासी छिरिङ डोङ लिडरबोर्डको टपमा छन् । यसै गरी  एन जे रायमाझी  १०५ अंकका साथ दोश्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बी मल्ल र सुरेन्द्र फुयाल तेस्रो स्थानमा छन् । 

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा  होल्स थिए र ८४ गल्फर सहभागी भएका थिए । 

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भने, ‘सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको काल्र्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै काल्र्सबर्ग सहयोगी प्रायोजककोरुपमा अगाडि आइरहेको छ ।’

गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले यस प्रतियोगिता प्रति निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेको बताए । उनले पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिए ।

गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च भएको र गोकर्ण रिजर्टको तर्फबाट काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप