बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्यान्डमा मजदूर बोकेको भ्यान ट्रकसँग ठोक्कियो, ११ जनाको मृत्यु

आइतबार, ०१ भदौ २०७६, १४ : ११
आइतबार, ०१ भदौ २०७६

बैंकक– थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । 

भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए ।

प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ । राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो । उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए । –सिन्ह्वा/Photo by Sawat Ketngam

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप