शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ खेलाडीमा सिमित च्याम्पियन चेल्सी पहिलो खेलमा नै पराजित

आइतबार, २९ साउन २०७४, ०८ : १७
आइतबार, २९ साउन २०७४

लण्डन । प्रिमियर लिगको उपाधि रक्षामा च्याम्पियन चेल्सीलाई पहिलो खेलमा धक्का लागेको छ । ९ खेलाडीमा सिमित बनेको चेल्सी आफ्नै घरेलु मैदानमा २–३ गोलअन्तरले बर्नलीसँग स्तब्ध बनेको हो ।

खेलको १४ औँ मिनेटमा स्टेभेन डिफोरलाई खतरनाक फल हानेपछि कप्तान ग्यारी केहिलले रातो कार्ड पाएका थिए । 
१० खेलाडीमासिमित भएको चेल्सीविरुद्ध बर्नलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा तीनवटा गोल गर्यो । साम भोक्स र स्टेफेन वार्डले क्रमशः दुई तथा एक गोल गर्दै टोलीलाई हाफ टाइमसम्म ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमा नै अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई खेलमा फर्कने आश दिलाए ।

तर, पछि उनैको कारण आन्द्रेस क्रिस्टियनको गोल रद्द हुन हुन पुगेको थियो । गोलतर्फ अग्रसर बललाई अफसाइड पोजिसनबाट छुँदा गोल रद्द हुन पुग्यो ।

त्यसपछि सिसके फाब्रिगासले पनि दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि चेल्सी थप दबाबमा पर्यो । खेलको अन्त्यतिर मोराटाको पासमा डेभिड लुइजले थप एक गोल गरे पनि चेल्सी खेलमा फर्कन सकेन ।

योसँगै प्रिमियर लिग च्याम्पियन बनेर नयाँ सिजनको खेल गुमाउने चेल्सी दोस्रो टोली बनेको छ । अघिल्लो सिजन लेस्टर सिटीले पनि यस्तै नियति भोग्न परेको थियो । त्यस्तै डिफिन्डिङ च्याम्पियनले पहिलो खेलमा नै तीन गोल खाएको पनि यो पहिलो अवसर हो ।

हिजै भएको अन्य खेलमा म्यान्चेस्टर सिटीले नवप्रवेशी ब्राइटनमाथि २–० को संघर्षपूर्ण जीत निकालेको छ ।

सिटीलाई जित दिलाउन सर्जियो एगुएरोले खेलको ७० औँ मिनेटमा गोल गरे भने लेविस डंकले आत्मघाती गोल गरेका थिए ।

उता, लिभरपुल भने इन्जुरी समयमा गोल खाँदै वार्टफोर्डसँग ३–३ को बराबरीमा रोकिएको छ ।

निकै रोमाञ्चक बनेको खेलमा लिभरपुल स्टेफानो ओकाकाको गोलको मद्दले आठ मिनेटमा नै पछि परेको थियो ।

त्यसपछि साडियो माने गोल गर्दै खेल बराबरीमा ल्याए पनि लगत्तै अब्डोलाये डोकुरले गोल गर्दै वार्टफोर्डलाई पुनः अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा भने लिभरपुलले रोबर्टो फर्मिन्होको पोनाल्टी तथा मोहमद सलाहको गोलको मद्दतले ३–२ को अग्रता लियो ।

जीततर्फ अग्रसर बनिरहेको लिभरपुल विरुद्ध मिगेल ब्राइटसले ९३ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

उता, वेयन रुनीको एक मात्र गोलको मद्दतले स्टोक सिटीलाई हराएको  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप