शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेनदेनमा बलात्कार ढाकछोप : मयेर नै पीडक उम्काउने प्रयासमा

आइतबार, २९ साउन २०७४, ०७ : ५०
आइतबार, २९ साउन २०७४

भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ । 

स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् । 

१२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो ।

 साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

एक्कासी विरामी परेपछि खाँदवारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो ।

घट्ना बाहिर आएपछि मेघराज पीडित परिवारसहित जनप्रतिििधहरु दिङ्ला बजारमा बैठक बसे । टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ । 

श्रोतको अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरलाल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राइको उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप