शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोटमा अतिक्रमित घरटहरा भत्काउँदा तनाव (भिडियोमा हेर्नुहोस्)

आइतबार, ०१ भदौ २०७६, १२ : ५४
आइतबार, ०१ भदौ २०७६

भक्तपुर– नगरकोटमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने क्रममा केहीबेर तनाव भएको छ ।

स्थानीयले घरटहरा हटाएको विरोधमा टायर बालेर प्रदर्शन समेत गरे । स्थानीयको विरोधकबीच सो क्षेत्रमा अवैधानिक रुपमा बनाइएका घरटहरा प्रहरी प्रशासनले भत्काएको हो । 

जिल्ला वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले वडानम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो । यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए । 

भक्तपुरको चागुनारायण र काभ्रेको मण्डनदेउपुरमा गरी करिव तीनसय घरटहरा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको छ । पहिलो चरणमा भक्तपुर र दोस्रो चरणमा काभ्रेतर्फका भौतिक संरचना भत्काउने वन कार्यालयको योजना छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप