शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रष्टाचार बढेको होइन, नियन्त्रण भइरहेको छः प्रधानमन्त्री

आइतबार, ०१ भदौ २०७६, १२ : ०६
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार बढेको भन्ने भनाईमा सत्यता नभएको बताएका छन् । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभई नियन्त्रण भइरहेको बताएका हुन् । 

सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्दै उनले सम्पत्ति सुद्धीकरण, ह्युमन ट्राफिकिङ लगायत जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए । उनले विकास गर्न र त्यसका लागि स्रोत साधन उपलव्ध गराएको बताए । उनले सेवाग्राही मैत्री सेवा प्रवाहका लागि कोसिस भएको बताए । 

‘अख्तियारले भ्रष्टचार नियन्त्रणमा तदारुकता देखाएको छ । आयोगले इतिहासमै सवैभन्दा धेरै मुद्धा ३९ हजार दर्ता गरेको छ । भ्रष्टाचार बढेको होइन । नियन्त्रण भएको छ ।’

उनले सार्वजनिक सम्पत्तिमाथिको संरक्षण गर्न सरकारले पहल गरिरहेको पनि बताए । उनले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोग गठनका लागि आयुक्त र प्रमुख आयुक्त सिफारिस गर्न सिफारिस समिति निर्माण गरिएको बताए ।

‘त्यो सिफारिस समिति क्रियाशिल छ । मैले विश्वास लिएको छु यसै हप्ताभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन हुनेछन् ।’ सिफारिस आउनेवित्तिकै सरकारले गठन गर्ने र शिघ्र निरुपण गर्ने प्रधानमन्त्रीले दावी गरे ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप