बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शर्लिन चोपडाले अस्विकार गरेकी थिइन् राम गोपालको एडल्ट फिल्मः भनिन्, ‘मैले सेक्समा पीएचडी गरेको छैन’

आइतबार, ०१ भदौ २०७६, १० : ३२
आइतबार, ०१ भदौ २०७६

बलिउड नायिका शर्लिन चोपडा आफ्नो हट अवतारका लागि चर्चित छिन् । आफ्नो बोल्ड फिल्मका कारण शर्लिनले चर्चा बटुलेकी छिन् । हालै नायिकाले फिल्मनिर्माता राम गोपाल वर्माबारे केही अचम्मित गरिदिने खुलासा गरेकी छिन् जसमा शर्लिनले राम गोपालको तर्फबाट पाएको एडल्ट फिल्मको प्रस्तावबारे पनि जानकारी दिएकी छिन् । तीन वर्षपछि उनले यसबारे खुलासा गरेकी हुन् ।

हालै स्पटबोयसँगको एक अन्तरवार्तामा शर्लिनले सन् २०१६ को एउटा घटनाबारे जानकारी दिइन् । उनका अनुसार उनले त्यतिबेला राम गोपाल वर्मालाई ह्वाट्सएपमार्फत् आफ्नो फोटो पठाउँदै लेखेकी थिइन्, ‘सर, म शर्लिन चोपडा हुँ । यी मेरा फोटो हुन् । यो मेरो वर्क प्रोफाइल हो । के तपाईं अहिले कुन प्रोजेक्टमा काम गरिरहनु भएको छ भन्नेबारे जानकारी दिनसक्नुहुन्छ ? म तपाईंको प्रोजेक्टको सदस्य बन्न पाउँदा खुसी हुनेछु किनभने मलाई तपाईंको रंगिला, सत्या, कम्पनीजस्ता फिल्म असाध्यै मनपर्छन् । ’

तब उनका अनुसार राम गोपाल वर्माको तुरुन्त जवाफ आउँछ । उनका अनुसार उनले भनेका थिए, ‘यो मेरो स्क्रिप्ट हो, यसलाई पढ र आफ्नो प्रतिक्रिया देउ ।’ उनले स्क्रिप्ट पढ्दा कुनै कथा नभएको बताइन् ।

शर्लिनका अनुसार उनले सोधिन्, ‘सर, यसमा कुनै कथा छैन । यसमा सेक्सको सीनमात्रै छ । के तपाईं मलाई यसको प्लट बारे जानकारी दिन सक्नुहुन्छ ?’ यसमा उनले भने, ‘यतिमात्रै छ । तिमीलाई जे पठाएको छु, त्यसमा नै सबैकुरा छ । ’ त्यसपछि उनले फेरि सोधिन्, ‘सर, यसरी कसरी हुनसक्छ ? एउटा राजा थियो, अर्की थिइन्  रानी । राजाले रानीसँग यौनसम्बन्ध स्थापित गरे त्यसपछि समाप्त भयो कहानी । यस्तो कसरी हुनसक्छ ? ’ तब बर्माले जवाफ दिए, ‘यदि तिमी यो गर्न सहज छौ भने मलाई भन । त्यसपछि मात्र हामी काम गर्न सक्छौं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Nobody cares about your story until you win. So, win! ⭐⭐⭐

A post shared by Sherlyn Chopra (@sherlynchopra) on

त्यसपछि उनको दाबी अनुसार उनले जवाफ दिइन्, ‘होइन सर, म यस्तो गर्न सक्दिनँ किनभने मैले सेक्समा पिएचडी गरेको छैन । मलाई लाग्दैन कि म यो भूमिकाको लागि फिट छु । यदि तपाईंले रंगीला टु जस्ता कुनै फिल्म बनाउनु हुन्छ भने मलाई भन्नुहोला । ’ यसमा उनले भने, ‘ठिक छ, जब यस्तो कुनै प्रोजेक्ट आउँछ तब तिमीलाई भन्नेछु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#happysunday 🐶❤️

A post shared by Sherlyn Chopra (@sherlynchopra) on

यतिमात्र होइन, शर्लिनले वर्मामाथि अश्लील भिडियो पठाएको पनि दाबी गरिन् । उनका अनुसार भिडियो हेरेर उनले वर्मालाई मेसेज गरिन्, ‘सर, यो तपाईंले के पठाएको, किन पठाउनुभएको ? मैले योबाट के सिक्ने ?’ त्यसपछि उनले जवाफ दिए, ‘म तिमीलाई यो भन्न चाहन्थेँ कि सेक्स आधारभूत आवश्यकता हो । जनावर, मानिस सबैलाई यसको आवश्यकता पर्छ, यसबाट सुखभोग गर ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप