दोस्रो पटक आमा बन्दैछिन् लिजा हेडन, स्विमसुट लगाएर गरिन् घोषणा
आइतबार, ०१ भदौ २०७६, ०९ : ४५
बलिउडकी ‘हट मम्स’ मा लीजा हेडनको नाम पनि समावेश छ । उनी लामो समयदेखि फिल्मबाट टाढा छिन् । तर सोसल मिडियामा उनी निकै सक्रिय छिन् । उनी धेरैजसो आफ्नो हट फोटो सेयर गरिरहन्छिन् । यसका साथै उनी छोरासँग हाइकिंग र स्विमिंगको पनि फोटो पनि चर्चाको विषय बनिरहन्छ । सोसल मिडियामार्फत् लिजा फलोअर्सलाई आफ्नो व्यक्तिगत र व्यावासायिक जीवनबारे जानकारी दिन्छिन् । उनले आफू दोस्रोपटक गर्भवती भएको खबर सोसल मिडियामार्फत् नै दिएकी छिन् ।
उनले आफ्ना श्रीमान् डिनो लालवानी र छोरा ज्याक लालवानीसँग एउटा फोटो सेयर गरेकी छिन् । यसमा उनी स्विमसुट लगाइरहेको देख्न सकिन्छ । स्विमसुटमा लिजाको बेबी बम्प स्पष्ट रुपमा झल्किएको छ ।
लिजाले अक्टोबर २०१६ मा डिनो लालवानीसँग विवाह गरेकी थिइन् । सन् २०१७ को मे मा उनले आफ्नो पहिलो छोरा ज्याकलाई जन्म दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु