शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपामा राष्ट्रपतिको सक्रियता

आइतबार, ०१ भदौ २०७६, ०७ : २३
आइतबार, ०१ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । 

पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो ।

स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् । ईश्वर पोखरेलको बलमा मात्रै पार्टीको कार्यदिशा जबज बनाउन अलि अप्ठेरो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ गौतम–पोखरेल समीकरण बनाइएको हो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप