माने र फिर्मिन्होको गोलमा लिभरपुल विजयी
शनिबार, ३२ साउन २०७६, २३ : १९
एजेन्सी-साविक उपविजेता लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोलले हरायो ।
साउथह्यामटनको मैदानमा भएको खेलमा लिभरपुलको जितमा साडियो मानेले ४५औं र रोबर्टो फिर्मिन्होले ७१औं मिनेटमा गोल गरेका थिए
साउथह्याम्पटनका ड्यानी इङ्सले ८३औं मिनेटमा सान्त्वना गोल फर्काए । लगातार दोस्रो जितसँगै लिभरपुल ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ । दुईवटै खेलमा हार खेपेको साउथह्याम्पटनले खाता खोल्न सकेको छैन । शनिबारनै भएको अन्य खेलमा नर्विच सिटीले न्युक्यासल युनाइटेडलाई ३–१, एभर्टनले वार्टफोर्डलाई १–० र एबीसी बर्नमाउथले एस्टनभिल्लालाई २–१ गोलले हराएको छ । अर्को खेलमा ब्राइटोन र वेस्टहाम युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा